काठमाडौं । नविल बैंकले नविल फेलोसिप कार्यक्रम सुरु भएको छ ।
यस कार्यक्रम अन्तर्गत १८ बर्षदेखि ५० बर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवा गर्न सक्षम बनाउने उदेश्यले सो कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ ।
सो कार्यक्रमका लागि नविल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको पनि जनाएको छ।
सो फेलोसिप अन्तर्गत बैंकले ४० जनालाई एक बर्षसम्म आवश्यक सहयोग गर्ने छ । सो कार्यक्रम आवासीय कार्यक्रम हो । यसका लागि बैंकले सहभागीलाई ६ महिने सिकाइपछि उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको पनि बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । छनोटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने र उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ।
बैंकका अनुसार सो फेलोसिप कार्यक्रममा आवेदन दिने अन्तिम मिति डिसेम्वर ३१ अर्थात् पुस १६ गतेसम्म रहेको छ ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार १२:१४ मा प्रकाशित