काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सभा हुन स्थान परिवर्तन गरेको छ । एक सूचना निकाल्दै कम्पनीले नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको जनाएको छ ।
यसअघि पुस २६ गते कम्पनीको सभाहल महाराजगञ्जमा तोकिएको थियो । उक्त सभा स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने सूचनामा उल्लेख छ ।
सभाले आर्थि वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:४० मा प्रकाशित