back
NMB ad

ग्लोबल आईएमईको नाफा १५ प्रतिशतले बढ्यो, हेर्नुस् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद मुनाफा अघिल्लो वर्षको सोही अबधिमा भन्दा १५ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीले आज सार्वजनीक गरेको अपरिष्कृत उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ०.४९ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १३.५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...