back
NMB ad

के भयो आज सानिमा लाइफको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ०.७२ प्रतिशतले वृद्धि भएको हो ।

बिहीवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ५८७ रुपैयाँ ३० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २३ हजार ९३१ कित्ता सेयर किनबेच भएको हो ।

यसैविच कम्पनीले बिहीबार चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विहीबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको चालु आवको पुस मसान्तसम्ममा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिका तुलनामा ६९.३५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले यस आवमा कुल बीमा शुल्क आर्जन २१.३२ प्रतिशतले वृद्धि भई १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । जसको संख्यामा भने १ हजार २४२ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३३ करोड २३ लाख ४६ हजार, जीवन बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख ५० हजारर महाविपत्ति जगेडामा ३ करोड ४९ लाख ५२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १६:०५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...