काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । बिहीवार तेजावी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार ११:४३ मा प्रकाशित