काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गरेको छ ।
कम्पनीले २.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले नगद लाभांश भने सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले पुस १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात सेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार ११:५३ मा प्रकाशित