back
NMB ad

१० कम्पनीहरुद्वारा साधारण सभा आव्हान: लाभांश पारितदेखि मर्जरसम्मका एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । करिव एक दर्जन कम्पनीहरुले साधारण सभा आव्हान गरेका छन् । हालसम्म फागुन र चैत महिनामा विभिन्न १० कम्पनीहरुले साधारण सभा बोलाएका हुन् ।

साधारण सभा बोलाएका कम्पनीहरु मध्ये अधिकांशको लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ भने केहीको आईपीओ निष्काशन तथा मर्जर लगायत एजेण्डा तय गरेका छन् ।

साधारण सभा आव्हान गरेका अधिकांश बीमा कम्पनी, जलविद्युत कम्पनी र फाइनान्स रहेका छन् । यी हुन् आगामी फागुन र चैतमा साधारण सभा गर्न लागेका कम्पनीहरु :

कर्णाली डेभलपमेन्ट बैंक 

कर्णाली डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारण सभा फागुन २० गते शुक्रवार हुने भएको छ ।

सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २८ गतेदेखि फागुन २० गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

जानकी फाइनान्स

स्थगित साधारण सभाका लागि जानकी फाइनान्सले फेरि मिति तोकेको छ । फागुन ७ गते बोलाएको कम्पनीको २५औं वार्षिक साधारण सभा स्थगित भएको थियो ।

सभाका लागि गणपुरक सेयरधनीहरुको सहभागी संख्या नपुगकोल सभा स्थगित गरेको थियो । अब कम्पनीको सभा आउँदो फागुन २२ गते आइतबार हुने भएको हो ।

कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गरेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर 

आउँदो फागुन २६ गते युनाइटेड मोदी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्ने भएको । कम्पनीको फागुन १ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साथै सर्वसाधारण शेयरधनीहरुबाट एक महिला सहित दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

ग्रामीण विकास लघुवित्त

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाका लागि मिति तोकेको छ ।कम्पनीले आउँदो फागुन २८ गते सातौं वार्षिक साधारण सभा गर्न लागेको हो ।

कम्पनीको फागुन २ गतेको सञ्चालन समितिको बैठकले उक्र दिन भर्चुअल माध्यमबाटसभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही सभाले प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी प्रदान गर्ने, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो फागुन २९ गते ३३औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि अनलाइन मार्फत गर्ने निर्णय गरेको थियो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आवको वासलात, आयव्यय हिसाव, नाफा नोक्सान हिसाव एमव् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

साथै साभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरुमा छलफल गरि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेशनल हाइड्रोपावर

नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्तावसहित आउँदो फागुन ३० गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आव २०७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ ।

सुनकोशी हाइड्रोका १०० कित्ता हुने सेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता सेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 हिमालयन जनरल इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको हो । कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रीतशत नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति लगायत कार्यका लागि संचालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

बेष्ठ फाइनान्स

बेष्ठ फाइनान्स कम्पनीले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आउँदो चैत ४ गते सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आव २०७७/७८ को वार्षिक वित्तीय विवरण छलफल गरि पारित गर्नेछ ।

यस्तै, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा कुनै वित्तिय संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चाल चचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्वन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीले लिमिटेडले २६ औं वार्षिक साधराण सभाको लागि मिति तय गरेको छ ।

कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता बराबर १५ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै जारी गरिने बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७/७८ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

सो अनुसार फागुन ३० गते नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो चैत ११ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...