काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन इमर्जिङ्ग नेपालसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
साताको तेस्रो कारोबार दिन इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५७ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ८२८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तै, उक्त दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ६.०९ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६७७ रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यसैगरि उक्त दिन नेपाल लाइयफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ५.१८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँ ५० पैसाले बढेर १ हजार १६७ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ चैत ८ मंगलवार १५:२२ मा प्रकाशित