back
NMB ad

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षको छुट योजना

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक महानुभावहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुबिधा उपयोग गर्न सकिनेछ ।

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय र डेबिट कार्ड प्रयोग गर्नुभएमा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुटको पाउनुहुनेछ ।

साथै, कार्डबाहक महानुभावहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुभएमा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट पाउनुहुनेछ ।

यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...