काठमाडौं । सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्डमा आमरण अनसन सुरु गरेका छन् । धितोपत्र बोर्ड प्राङगण भित्र बस्न नदिएपछि उनी बोर्डकै गेट बाहिर सडकमा अनसन बसेका हुन् ।
उनका अनुसार यो अनसन अन्तिम र निर्णायक हुने तर्क छ । सेयर लगानीकर्ताले अबको आन्दोलनलाई निर्णायक आन्दोलनको संज्ञा दिएका छन् । सरकारले साढे ३ बर्ष अघि गर्ने भनेको ५२ बुँदा पूरा नभएको भन्दै अनसन बस्न लागेको बताए ।
उनले आफूले ५२ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै अनसन बसेको बताए । कोइरालाको अनसनमा ८ वटा लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ । पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता एक हप्ता अगाडिदेखि आन्दोलित हुँदै आएका छन् ।
वि.सं.२०७९ असार १ बुधवार १४:२४ मा प्रकाशित