back
NMB ad

कैलाली–सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै

Kumari bank ad

कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रशारणलाइन विस्तारको योजना अघि बढाएको छ ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रशारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो ।

कम क्षमताको प्रशारण लाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रशारणलाइन अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटानसम्बन्धी प्रक्रियामा ढिलाइ हुँदा वैकल्पिक प्रशारण लाइनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

“कैलाली–सुर्खेत ३३ केभी प्रशारणलाइन विस्तारका लागि ठेक्का आव्हान भइसकेको छ, ठेकेदारलाई सम्झौताका लागि बोलाइएको छ,” उहाँले भन्नुभयो, “यही असार १५ गतेसम्म सम्झौता गरी ठेकेदार कम्पनीलाई परिचालन गर्नेछौं ।”

कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौर सब–स्टेशन तथा त्यहाँबाट बड्डीचौर–बांगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा उक्त विद्युत जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभीलाइन यसअघि विस्तार भइसकेको छ ।

सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किमी पोल र तार विस्तार गर्न थालिएको हो । बाबियाचौरमा सब–स्टेशन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो । प्राधिकरणले सोल्टा–बाबियाचौर विद्युत विस्तारका लागि रु। ६ करोड बजेट छुट्याएको छ ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले पश्चिम सुर्खेतमा ठूलो जनसंख्या विद्युत सेवाबाट बञ्चित रहेको, सुर्खेत लगायत कर्णालीका जिल्लामा ‘लो भोल्टेज’ का कारण पटक–पटक विद्युत अवरुद्ध हुने समस्या हुनु, पश्चिम सुर्खेतमा बेतन कर्णाली जलविद्युत आयोजना र सूर्यतारा सिमेन्ट उद्योग निर्माणका लागि ३३ केभी प्रशारणलाइन आवश्यक रहेको जनाएको छ ।

कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका संरचनाका कारण विद्युत सेवा अनियमित छ ।

वि.सं.२०७९ असार १ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...