back
NMB ad

लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप र दुई गुणा बढी सेक्योरिटी अपडेटको साथ नोकिया जी २१

Kumari bank ad

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री लाईफ रहेको छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भन्नुभयो, ”मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ ।

बनावट मात्र बलियो नभै यसको ओयस् र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलएको आभास हुन्छ ।”

मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा

महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ ।
एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन् ।

बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्री लोडेड Spotifyर एक्सप्रेस VPNसहित आउने यस फोनमा उपभोक्ताहरुले ७० मिलियन सम्म गीतहरु र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ ।

साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरुको लागि एक्सप्रेस VPN ३० दिनको ट्राएल पिरियड सम्म फ्री छ ।

दिनभरि सक्रिय रहनको लागि लामो ब्याट्री ब्याकअप

३ दिनको ब्याट्री ब्याकअपको साथ आउने यो फोनले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनु पर्ने झन्झट र तनाव बाट मुक्त गरिदिएको छ । चाहे परिवारसँग रमाइलो पलहरु कैद गर्न होस् वा आफुलाई मनपर्ने कार्यक्रमहरू हेर्न होस् नोकिया जी २१ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ ।

आफ्नो ब्याट्री लामो समय सम्म विस्तार गर्नको लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्नुहोस् र आवश्यकता अनुसार नोकिया जी २१ मा भएको यो सुविधा जुनसुकै बेला अन गर्न सक्नुहुन्छ ।
सथै जति खेर पनि सुइच् गर्न सकिने सुपर ब्याट्री सेभर मोडमा आफुलाई चाहिने फिचरहरु मात्र चलाएर तिन दिन भन्दा पनि धेरै लामो समय सम्म ब्याट्री बचाउन सकिन्छ ।

उत्पादकता वृद्धिको लागि फास्ट रेस्पोन्स्

जी—सिरिजमा पहिलो पटक ९०Hz को पावर सहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ ।

नोकिया जी २१ सँग उत्कृष्ट फोटोग्राफी

भर्साटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जूम क्वालिटी प्रदान गर्दछ ।

नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिश मजबूती भएको

नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको छ । फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरुमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ । सबै भन्दा राम्रो कुरा त यो फोन पूर्णतय रिसाइकल गरिएको सामानहरु बाट बनेको छ र बिग्रे पछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ ।

मूल्य र उपलब्धता

६/१२८GBको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. २२,९९९ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

वि.सं.२०७९ असार २ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...