back
NMB ad

साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दै धौलागिरी लघुवित्त, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साढे २ करोड बढी नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ ।

गत आवमा कम्पनीले २ करोड ६० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा २५.६९ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ५० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १४.६० प्रतिशतले बढेर १० करोड २१ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा कम्पनीको संचालन मुनाफा पनि ७०.०९ प्रतिशतले गिरावट आई ९७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ११ करोड ६९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि ३.१० प्रतिशतले वृद्धि भई ४.३७ प्रतिशत पुगेको छ ।
कम्पनीले आउँदो साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ

वि.सं.२०७९ साउन १७ मंगलवार ११:०० मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...