काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी राजकुमार बानियाको नाममा रहेको २ हजार ९०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।
आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रर, कुमारी क्यापिटल वा बैंक बैंकको कार्यालय काठमाडौंमा आईपुग्ने गरि दिनुपर्नेछ ।
तोकिएको समयभित्र विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार ११:१९ मा प्रकाशित