back
NMB ad

५५ प्रतिशत लाभांश पारित गर्दै सकियो एनआईसी एशिया क्यापिटलको साधारणसभा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्यापिटलले  बुधबार थापाथली स्थित क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ।व। २०७८/०७९ मा रु.१२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.३९ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए ।

उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट रु.१ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए ।

साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

वि.सं.२०७९ भदौ ८ बुधवार १४:५१ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...