back
NMB ad

लमजुङबाट ७४ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने

Kumari bank ad

लमजुङ । लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । दोर्दी करिडोरमा १३२ केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उदीपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन निर्माण भएसँगै ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने बाटो खुलेको हो ।

दोर्दी करिडोरमा निर्माण सम्पन्न भई विद्युत् परीक्षण उत्पादन सुरु गरेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी-ए जलविद्युत् आयोजना, १२ दशमलव ५ मेगावाटको दोर्दी खोला-१ जलविद्युत् आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजना गरी हाललाई ७४ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ ।

दोर्दी करिडोरमा अहिले ५४ मेगावाटको सुपर दोर्दी-ख निर्माणाधीन अवस्थामा छ । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए ।

दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने योजना छ । तर, उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्विच यार्डमा जोड्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७९ कात्तिक ३ बिहीवार ११:४७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...