काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३८५ रूपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
अरुणभ्याली हाइड्रोपावर कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३०८ रूपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३३३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै दोस्रो दिन सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ माघ १७ मंगलवार १५:५९ मा प्रकाशित