back
NMB ad

आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

Kumari bank ad

सुरेशचन्द्र  रिजाल

काठमाडाै‌ं । ज्योतिषीय गणनाकाआधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिदेखि नयाँ संवत्सर प्रारम्भ हुने गर्छ । यसवर्ष  चैत ८ गते बुधबारदेखि पिंङ्गल नामक संवत्सर प्रारम्भ भएको छ । बुधबारदेखि नयाँ संवत्सर प्रारम्भ भएकाले यसवर्ष बुध ग्रह राजाकाे भूमिकामा वर्षभरि रहने शास्त्रीय नियम रहेकाे छ ।

‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट सुरुवात गरेको विभिन्न  पुराणहरुमा व्याख्या गरिएको छ । आजैदेखि चैत्र नवरात्र पनि प्रारम्भ भएकाे छ । देवीकाे उपाशाना तथा नाै दिनसम्म भगवतीकाे पूजा गर्नाले सुख,शान्ति तथा सम्पूर्ण मनाेकामना पुराहुने मार्कण्य पुराणमा व्याख्या गरिएको छ ।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर २०८० भरि रहनेछ । नयाँ सम्वत्सरकाे फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आमनागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ। वर्षामा एकरुपता नहुँदा कतै थाेरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भाेग्नुपर्ने याेग रहेकाे छ ।

प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताहरुका लागि याे वर्ष कष्टकर  रहने संवत्सरकाे फलमा उल्लेख गरिएको छ । यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह रहनेछन् । ज्याेतिष शास्त्रमा बुध ग्रहलाई अपरिपक्व राजकुमार ग्रहका रुपमा व्याख्या गरिएको छ ।अत:उच्चस्तरीय नेतृत्वबाट अपरिपक्व निर्णय हुनाले बारम्बार नागरिकले समस्या झेल्नुपर्ने देखिएको छ। खेलकुद तथा कलाकारिता क्षेत्रमा भने वर्षभरि नै सम्मानित हुने याेग रहेकाे छ ।

शान्तिसुरक्षाको स्थितिमा सुधार आउनेछ, आम जनताले शान्तिको सास फेर्न पाउने छन् । यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानी–नोक्सानी हुनेछ, दलहन र तेलहन सामग्रीको दाम बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण तुलफूल र बालीनालीमा समेत नोक्सानी हुने सम्भावना छ । आर्थिक रुपमा वर्षभरि नै समस्या देखापरिरहने याेग रहेकाे छ । वैदेशिक सहयाेगमा कमि रहने याेग रहेकाले विकासका आयाेजना विस्तारै अगाडि बढ्ने छन् ।

(लेखक सुरेशचन्द्र रिजाल ज्याेतिषी तथा वास्तुविद् हुन् ।)

वि.सं.२०७९ चैत ८ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...