काठमाडौं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंककले संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीका ल्याएको उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।
तोकिएको समयअबधिभित्र सो सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
वि.सं.२०८० वैशाख २१ बिहीवार ११:२९ मा प्रकाशित