back
NMB ad

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Kumari bank ad

काठमाडौं । अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १००रुपैंया अंकित दरका १ अर्ब १५ करोड रुपैंया बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गर्नुभएको छ ।

यस कम्पनीले असार १३ गते बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

वि.सं.२०८० साउन १६ मंगलवार १०:४५ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...