back
NMB ad

विद्युतीकरणले खानीखोला गाउँका चौध हजार भन्दाबढी लाभान्वित   

Kumari bank ad

धुलिखेल, ६ भदौ : काभ्रेपलाञ्चोक जिल्लाको डाँडापरिस्थित विकट खानीखोला गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । विद्युत् प्रसारण लाइनले जोड्न बाँकी जिल्लाकै दूरदराजमा रहेको उक्त गाउँमा सोमबारदेखि विद्युत् जोडिएको हो । केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाइने भएपछि यसअघि लघुजलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायले पिलपिले उज्यालोमा बस्न बाध्य स्थानीयवासीको मुहारमा उज्यालो छाएको छ ।

दुर्गमको पीडासँगै दैनिक गुजारा चलाउन दुई तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम धुलिखेलका साथै बनेपा वा पनौती बजारसम्म जानुपर्ने बाध्यता र अर्कोतिर विद्युतीकरणको अभावमा जीवन जिउन बाध्य यहाँका बासिन्दाका लागि केन्द्रीय विद्युत प्रसारण लाइन पुग्नु खुसीको कुरा भएको स्थानीयवासी मंगरसिं तामाङले बताउनुभयो ।

“बिजुली त्यही सहर बजारमा मात्रै भएको र गाउँमा कहिल्यै बिजुली आउँदैनजस्तो हामीलाई लागेको थियो,” उहाँले भन्नुभयो, “ताल्ढुङ्गामा बत्ती बालेको खबरले धेरै खुसी थपेको छ । विस्तारै गाउँतिर पनि तार तानिसकिकाले अब केही दिनमा गाउँ नै उज्यालो भएको देख्न पाइने भएको छ ।”

अर्का स्थानीय बासिन्दा आइते लामाले गाउँकै विकास गर्छु भन्ने जनप्रतिनिधिले समस्याको चाङसँगै जुधेर विकट ठाउँलाई पनि उज्यालो गराउन सफल हुनु खुसीको कुरा भएको बताउनुभयो । वडानं५ का वडाध्यक्ष वुद्धीबहादुर स्याङ्तानले पहिलो चरणमा गाउँपालिकाको केन्द्रमा बिजुली बाल्ने योजनाअनुुरुप पालिका, वडा कार्यालय, प्रहरी चौकी र विद्यालयमा बत्ती बाल्न सफल भइएको र अब नागरिकका घर घरमा पनि बत्ती बाल्ने काममा लागिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले मिटरबक्स खरिदका लागि वडावडामा फारम सङ्कलन भइरहेको र वडा कार्यालयले छिटो मिटर बक्स जडानका लागि सूचना जारी गरिसकिएको छ ।

पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले केन्द्रीय विद्युत्को लाइन सेपा पुगेपछि अब गाउँमै उद्योग खोल्ने तथा स्थानीयस्तरमा नै रोजगारीको वातावरण सिर्जना हुने भएको बताउनुभयो ।

“अब बल्ल खानीखोलामा केन्द्रीय विद्युत् प्रसारण लाइन ल्याउन सफल भएका छौँ, यो सुरुवात हो ।” उहाँले भन्नुभयो, “यसै महिनादेखि वर्षदिन भित्र सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने गरी पालिकाले रफ्तारमा काम गरिरहेको छ । ”

अध्यक्ष थिङले केही फारम भर्न छुटेका र बत्ती बल्न तयारी अवस्थामा रहेका वडाका घरमा मिटर बक्स जडानका लागि सूचनासमेत गरिएको बताउनुभयो। त्यसका लागि वडा कार्यालमया सम्पर्क गरेर छिटो भन्दो छिटो फारमभरी मिटर बक्स जडानको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

पालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रसारण लाइनसँगै पालिकाले खानेपानी, सडक यातायातको सुविधा र उत्पादित वस्तुको बजारीकराणका साथै विकासका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिहेको उहाँको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकारण काभ्रे वितरण केन्द्रका प्रमुख धु्रवराज कार्कीले लगनखेल वितरण केन्द्रअन्तर्गत रही हुचीटारबाट ११ केभिको प्रसारण लाइन विस्तार गरी खानीखोलामा बिजुली पु¥याइएको बताउनुभयो । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्चीकरण सेवा इकाइ प्रमुख खगेन्द्र खुलालका अनुसार विद्युत्को पहँुच सबै वडामा पुग्दा गाउँपालिकाका दुई हजार तीन सय ९८ घरधुरीका १४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो ।

वि.सं.२०८० भदौ ६ बुधवार १४:१९ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...