
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा कारोबार भएको छ। इन्स्योरेन्सको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारको लागि नेप्सेले इन्स्योरेन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो।
वि.सं.२०८० भदौ ३१ आइतवार ११:३० मा प्रकाशित