back

लाभांश प्रस्तावसहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

संस्था सञ्चालक समितिको भदौ २९ गते शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९को वार्षिक साधारणसभा  बोलाएको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु हुनेछ।

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित कायम कायम चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले संस्थाको चुक्तापुँजीमा संशोधन वा अन्य संशोधन गर्नुपर्ने भएमा छलफल गरी संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ। सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति जान उपयुक्त देखिएको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

वि.सं.२०८० भदौ ३१ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...