
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १७२ रुपैंया ४३ पैसा देखि अधिकतम ५१७ रुपैंया २९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘सिएलआई’ रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, र कर्मचारी समेत) मा वितरण गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता गरेर कुल ३ करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
सूचिकृत पश्चात उक्त कम्पनीको सेयर आगामी आईतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
वि.सं.२०८० असोज १० बुधवार १५:३० मा प्रकाशित