काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते पक्राउ गरेको हो ।
सीआईबीका अनुसार चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो विषयमा सीआईबीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
साथै, उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरुले तत्काल ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ ।
वि.सं.२०८० असोज १८ बिहीवार १५:३२ मा प्रकाशित