back
NMB ad

कोलोराडोमा इन्द्रजात्रा भब्य रुपमा सम्पन्न

Kumari bank ad

बर्षा र सहकालका देवता इन्द्रको संझनामा बिभिन्न पुजा गरेर मनाइने इन्द्रजात्रा कोलोराडोमा भब्य रूपमा मनाइएको छ ।

कोलोराडो नेवाः खलःको आयोजनामा यहाँ स्थित नेपाली सांस्कृतिक केन्द्र भवनमा अक्टोबर १ तारिक आइतबार इन्द्रजात्रा मनाइएको हो ।

जात्रा गणेश, कुमारी, अकाश भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । तिन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै दाफा खिं बाजा र बॉंसुरी बजाएर मञ्चमा आसिन गराइएको थियो । त्यसपछि पुलुकिसि, लाखे नाच, धिमे बाजा, धिमे नाच, हाथु हायेकेगु कार्यक्रमहरू क्रमश प्रस्तुत गरिएको थियो । त्यसैगरी अकाश भैरव अगाडी समयबजी सजाइएको नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।

नेवाः खलःका जनसंम्पर्क अधिकृत बिनिसा श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै जात्राको महत्वबारे प्रकास पारेकी थिइन । इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथी सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ। आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ ।

बिगत १ दशकदेखि मनाउँदै आएको येंयाःलाई भव्य रूपमा सम्पन्न गर्न खलःका महासचिव सञ्जय शाक्यको संयोजकत्वमा समेबजि तयारी समूह, खलःका सॉंस्कृतिक सचिव सुरेन्द्र महर्जनको संयोजकत्वमा सॉंस्कृतिक समुह, रमीता तुलाधर संयोजनमा नेवाः मयजुहरूको समूह मिसा पुच स्वयंसेविकरस्वयंसेविकाहरूको समुह, त्यस्तै समेबजि बितरणमा भुवन श्रेष्ठले संयोजन गरेका थिए भने स्टल व्यवस्थापन अनिल बज्राचार्यले संहालेका थिए ।

कार्यक्रममा सहभागी हुन स्थानीय संघ संस्थाका प्रतिनिधी, समाजसेवी, गन्यमान्य, बुद्दीजिवीहरू फ्लोरिडा स्टेट, फोर्ट कोलिन्स, कोलोराडो स्प्रिङ, डेन्भर, अरोरा, लङमन्ट, नर्थ ग्लेन, बोल्डर, सेन्टेनियल, लिटिल्टन, ग्रिन भिल्ले, लगायत विभिन्न शहरबाट करिब ५ सय जना सहभागी भएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

त्यसैगरी नेवाः खलःका महासचिव संजय शाक्यले समयबजी उपलब्ध गराउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन् भने, नेवाः खलःका कार्यवाहक अध्यक्ष मनोजकाजी तुलाधरले कार्यक्रम सफलपार्न अहोरात्र खट्ने संस्थाका पदाधिकारी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन् ।

वि.सं.२०८० असोज २१ आइतवार १०:४७ मा प्रकाशित

You can share this post!

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...