back
NMB ad

राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटही सुविधा, अब कति साट्न पाइन्छ ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरुलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा बढाएको छ।

नयाँ संशोधित व्यवस्था अनुसारअब उच्च शिक्षा हासिल गर्न जाने नेपालीहरूका लागि क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरुका लागि १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यसअघि विद्यार्थीहरुलाई १० हजार डलरसम्मको सटहीको सुविधा दिइएको थियो ।

यसका साथै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गरिने सटही सुविधाको दायरा समेत बढाएको छ । बैंकले जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडामा रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत अधिकतम ५०० डलरको सटही सुविधाको व्यवस्था गरेको छ ।

यसअघि यस्तो सुविधा २०० डलर थियो । जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडा बाहेकका मुलकमा जाने कामदारको हकमा भने यो सिमा २०० डलर तोकिएको छ ।


वि.सं.२०८० पुस १२ बिहीवार १८:२८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...