back
NMB ad

सिबिफिनको वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ । चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो ।

विधानबमोजिम कार्यसमितिको दुईवर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरु रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको हो ।

कार्यसमितिको पौष १९ गते सम्पन्न १३औँ बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा मनोनयन गरेको छ । विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहनुभएको थियो ।

बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीहरुको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो । शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिहरुलाई अक्षुण्ण राख्दै थप उचाइमा पु¥याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।

संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र क वर्गको वित्तीय संस्थाहरुको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ख वर्गको वित्तीय संस्थाहरुको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चारजना र ग वर्गको वित्तीय संस्थाहरुको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित तीनजना पदाधिकारी तथा सदस्य रहनेछन् ।

नेपालमा संचालित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संस्थाको रुपमा स्थापित सिबिफिनले बैंक तथा वित्तीय संस्थाका संस्थापक/सर्वसाधारण लगानीकर्ता एवं सरोकारवालाहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्दै गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विकास एवं विस्तार गर्दै आर्थिक तथा बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि अध्ययन–अनुसन्धानसहित उपयुक्त नीतिगत व्यवस्था र वातावरणका लागि निरन्तर रुपमा पहल गर्दै आएको छ ।

वि.सं.२०८० पुस २० शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...