काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर डिम्याट खातामा जम्मा भएको छ । आइतबार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो ।
कम्पनीले सर्वसाधारण सेयरधनीलाई गत भदौ १८ देखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
वि.सं.२०८० फागुन ३० बुधवार १३:३४ मा प्रकाशित