back
NMB ad

तीन दिन बजेट निकासा नगर्न महालेखाको निर्देशन

Kumari bank ad

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिहीबार (आज) देखि लागू हुने गरी शनिबारसम्मको लागि तलबभत्ता बाहेकका शिर्षकमा बजेट निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८-०७९ को बजेटबाट तलब, भत्ता, निवृत्तभरण बाहेक कनुै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको
हो ।

महालेखा नियन्त्रकको कार्यालयले पत्राचार गर्दै बिहीबार (आज) देखी २६ गते सोमबारसम्म तलब, भत्ता, निवृत्तभरण बाहेक कुनै पनि बजेट निकासा नगर्न निर्देशन दिएको छ ।

यसको लागि महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।

कार्यालयका अनुसार शनिबारसम्म तलब, भत्ता, निवृत्तभरण बाहेकका कामममा बजेट निकासा भइ बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बिन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण पुडासैनीका अनुसार अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिवर्तन गरी अहिलेको सरकारले प्रतिस्थापन विद्येयक ल्याउन लागेको कारण तीन दिनको लागि बजेट निकासा रोक्न निर्देशन दिएको हो ।

उहाँका अनुसार खर्च प्रणाली व्यवस्थित होस र खर्च र लेखाङकन तलमाथी नहोस भनेर नै यो निर्देशन जारी भएको हो । यसले सरकारले प्रतिस्थापन विद्येयकमा ल्याउने विवरण एकथरी हुने र खर्चको विवरण अर्को भएर तालमेल नमिल्ने अवस्था नहुने उहाँको भनाई छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १३:१६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...