back
NMB ad

भान्सामा एल्पी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गर्नुभएको छ ।

उहाँले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एल्पी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।’ ललितपुरको थेचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इष्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।

आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिको लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उहाँले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा उर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसको लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा हरेक किसीमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाउनुभयो ।

स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...