back
NMB ad

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

उक्त दिन बजार २.७० अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक २८१९.६६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो ।

बिहीवार ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर कारोबार भएको छ ।

उक्त दिन आधा दर्जन कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा अधिकांश वाणिज्य बैंकहरु रहेका छन् ।

बिहीवार सबैभन्दा बढी सानिमा बैंक ३४ करोड १५ लाख ८३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकको ६ लाख ३८ हजार ९१६ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५ सय २८ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल बैंकको २७ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन कम्पनीको ५ लाख २२ हजार ५९४ कित्ता सेयर किनबेच भएको हो । आज कम्पनीको सेयर मूल्य ५१७ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज माछापुच्छ्रे बैंकको पनि २३ करोड ८६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन बैंकको ५ लाख ७५ हजार १९४ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको छ ।

साताको अन्तिम कारोबार दिन नेशनल हाइड्रो पावरको सार्वधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २१ करोड ९६ हजार ५० हजार रुपैयाँ बराबरको ४ लाख ९३ हजार ८४१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ रहेको छ ।

यता आज सर्वाधिक कारोबार गर्ने मध्येकै अर्को कम्पनी युनाईटेड मोदी हाइड्रोपावर र प्राइक कमर्शियल बैंकको क्रमशः २१ करोड ७७ लाख २३ हजार र २० करोड ८७ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...