back
NMB ad

चुलिँदै व्यापार घाटा, दुई महिनामा ३ खर्ब बढीको आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को दोस्रो महिनामा नै आयातको झण्डै दोब्बर नै चुलिएको छ ।

भन्सार विभागका अनुसार भदौ महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको आयात भएको छ । गत भदौ महिनाको तुलनामा आयात ७५.८६ प्रतिशतले बढेको छ । गत भदौमा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको आयात भएको थियो ।

यस्तै निर्यात पनि ११५.४३ प्रतिशतले बढेको छ । गत भदौमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भएकोमा यो भदौमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको छ ।

विभागका अनुसार भदौ महिनामा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत आवको सोही अवधिको तुलनामा ७०.५७ प्रतिशतले बढी हो । गत भदौमा ब्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

भदौ महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन गत भदौको तुलनामा ७९.९२ प्रतिशतले बढी हो । गत भदौमा वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख ३० हजार रुपैयाँ रहेको थियो । यो भदौमा आयात–निर्यातको अनुपात १८.३७ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ असोज १० आइतवार १२:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...