back
NMB ad

नेपालीमा बढ्यो साइकल मोह, दुई महिनामा ४० करोड बढीकोे आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा ४० करोड २२ लाख ५० हजार रुपैयाँको साइकल आयात भएको छ ।

भन्सार विभागको अनुसार भदौ मसान्तसम्म ७२ हजार २९९ वटा साइकल आयात भएको छ । उक्त साइकल बाट राज्यले ७ करोड ५१ लाख ९८ हजार रुपैयाँ राजस्व लिएको छ ।

विभागका अनुसार दुई महिनाको अवधिमा १२ वटा देशबाट उक्त साइकल आयात भएको हो । यो अवधिमा सबैभन्दा बढी साइकल भारतबाट आयात भएको छ । दोस्रो बढी साइकल आयात हुने देश चीन हो । भारतबाट ४५ हजार ३४ वटा साइकल आयात भएको छ । उक्त साइकलको मूल्य २१ करोड ४७ लाख ४ हजार रुपैयाँ रहेको छ । जसबाट राज्यले ३ करोड ९९ लाख ९४ हजार रुपैयाँ राज्यले कर राजस्व उठाएको छ ।

यस्तै चीनबाट १८ करोड १६ लाख ३२ हजार रुपैयाँको २७ हजार ८१ वटा साइकलबाट राज्यले ३ करोड ४१ लाख २३ हजार रुपैयाँ राजस्व पाएको छ ।

विभागका अनुसार इन्डोनेसियाबाट आयात भएको ९ लाख ८१ हजार रुपैयाँको ११० वटा साइकलबाट राज्यले १ लाख ८३ हजार रुपैयाँ राजस्व उठाएको छ । यता कतारबाट नेपालमा ३७ वटा साइकल आयात भएको छ । ३ लाख ३१ हजार रुपैयाँको साइकल आयात हुँदा ४६ हजार रुपैयाँ कर राजस्व संकलन भएको छ ।

नेपालमा कुवेत, यूनाइटेड अबर इमिरेट्स, तान्जेनिया, बहराइन, जर्मनी, म्यानमार, ओमान, यूके, अमेरिकाबाट साइकल आयात भएको छ । उक्त देशबाट भने व्यवसायीक प्रयोजनको लागि भन्दा पनि व्यक्तिगत प्रयोजनको लागि साइकल आयात भएको छ ।

नेपालका शहरी क्षेत्रमा पछिल्लो समयमा साइकल प्रयोग गर्ने प्रचलन निकै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिरका ठूला सहरमा पनि साइकलको प्रयोग निकै बढ्न थालेको छ । पछिल्लो समयमा मानिसले साइकललाई बाध्यता भन्दा पनि शोखका रुपमा प्रयोग गर्न थालेका छन् । शहरी क्षेत्रका मानिसहरु शनिबार तथा सार्वजनिक विदाको दिन साइकल यात्रामा निस्कने प्रचलन बढेको छ । पछिल्लो समयमा ‘सम्बन्ध जोडदै देश घुमौं’ भनेर साइकल यात्रा समेत हुन् थालेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १८:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...