back
NMB ad

साताको अन्तिम कारोबार दिन दुई बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार ३२.५१ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक पनि १२३३.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम पनि खुम्चिएको छ ।

अघिल्लो दिन ५ अर्ब बढी कारोबार भएको आज भने घटेर ३ अर्ब ७० करोड २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन दुई बैंकसहित तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी नेपाल बैंकको १२ करोड ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको २ लाख ४१ हजार ६७९ कित्ता सेयर कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको १० करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको २ लाख ३५ हजार ३५६ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार मेगा बैंकको पनि सर्वाधिक कारोबार भएको छ । आज बैंकको १० करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्सेका अनुसार आज बैंकको ३ लाख ३ हजार ११६ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ असोज १४ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...