back
NMB ad

याडिया इलेक्ट्रिक स्कुटर: आकर्षक नगद छुटसहित यस्ता छन् सुविधाहरु, कुन मोडेलको कति पर्छ ?

Kumari bank ad

काठमाडौं । इलेक्ट्रिक स्कुटर किन्न इच्छुक नेपालीहरुलाई कुजु नेपालले विशेष अफर ल्याएको छ। कम्पनीले याडिया इलेक्ट्रिक स्कुटर खरिद गर्नेहरुका लागि विशेष छुटसहित दशै धामाका अफर ल्याएको हो ।

उक्त अफर अनुसार याडिया इलेक्ट्रिक स्कुटर खरिदमा २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । उक्त स्कुटर खरिदमा २ वटा हेलमेड पनि सित्तैमा पाइनेछ ।

उक्त स्कुटर खरिदमा २ वटा हेलमेड पनि सित्तैमा पाइनेछ । कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै व्याज नलाग्ने स्कीम पनि दिएको छ ।

जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त व्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

कुजु नेपालले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । हाल याडियाका ‘जी फाइभ, सी वान एस र एस–लाइक’ तीन मोडल उपलब्ध रहेको  छ ।

कम्पनीका अनुसार विभिन्न मोडलमा उपलब्ध स्कुटरहरु पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्जसम्म प्रदान गर्दछन् ।

नेपालमा याडियाको जी फाइभको मूल्य ३ लाख ५० हजार रुपैयाँ, सी वान एस को ३ लाख ५० हजार र एस लाइकको २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:०० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...