back
NMB ad

राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम अझै न्यून

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले मनलाग्दी रुपमा ब्याजदर बढाएपछि राष्ट्र बैंकको निर्देशनसँगै सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बैंकहरुले मनलाग्दी ब्याजदर निर्धारण गरेपछि राष्ट्र बैंकले तीन बुँदे निर्देशन जारी गरेर १० प्रतिशत भन्दा बढी ब्याज नबढाउनु र बढेको ब्याज तत्काल हटाउन निर्देशन दिएसँगै सेयर बजारको सुधार देखिएको छ । बजारमा दोहोरो अकको सुधार आएपनि कारोबार रकम हेर्दा भने उत्साहित भइहाल्ने अवस्था नभएको लगानीकर्ताको भनाई छ ।

बुधबारको कारोबारमा बजार ६०.५६ अंकले बढेर परिसूचक २५७१.६६ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.०९ अंकले बढेर ४८४.०५ बिन्दुमा रहेको छ ।

२१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता सेयर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।
बैंकिङ समूहको ३२.६२, विकास बैंक १४१.४६, जलविद्युत १०८.६८, फाइनान्स १२१.४९, निर्जीबन बीमा २४८.१, माइक्रोफाइनान्स ९९.०१, जीवन बीमा समूहको उपसुचक १८९.६९ अंकले बढेको छ ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १५:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...