back
NMB ad

फाइनान्स कम्पनीहरुको नाफा साढे ५३ प्रतिशतले बढ्यो, कुन-कुन देखिए अब्बल ? (विवरणसहित)

Kumari bank ad

बिक्रम सुनार

काठमाडौं । फाइनान्स कम्पनीहरुले धमाधम चालु आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

हालसम्म संचालनमा रहेकामध्ये १४ फाइनान्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार फाइनान्स कम्पनीहरुको नाफा समग्रमा ५३.६३ प्रतिशतले वृद्धि भएता अधिकांशको भने घटेको देखिएको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीहरुले ४१ करोड १७ लाख ६७ हजार रुपैयाँ नाफा गरेका छन् । जुन गत वर्षको सोही अवधिमा २६ करोड ८० लाख २० हजार रुपैयाँ रहेको थियो ।

गत वर्षको असोज मसान्तको तुलनामा सबैभन्दा बढी नाफा जानकी फाइनान्सको देखिएको छ । कम्पनीले उक्त अवधिमा २ करोड ११ लाख ८८ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिमा तुलनामा १८९.१६ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले ९६ लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत वर्षको असोज मसान्तको तुलनामा १४४.१३ प्रतिशतले नाफा बढाएको गुडविल फाइनान्सले यस वर्षको सोही अवधिमा भने ७ करोड ११ लाख ८८ हजार रुपैयाँ कमाएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा कम नाफा मल्टीपर्पस फाइनान्सको रहेको छ । कम्पनीले उक्त अवधिमा २ लाख १३ हजार रुपैयाँ मात्र नाफा गरेको हो । गत वर्षको सोही अवधिमा भने १० लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, चालु आवको असोज मसान्तमा ८५.७१ प्रतिशत नाफा वृद्धि गरेको सेन्ट्रल फाइनान्सले १ करोड ६४ लाख ४८ हजार र ८५.५९ प्रतिशत नाफा बढाएको श्रीइन्भेष्टमेन्ट फाइनान्सले २ करोड ७८ लाख ४ हजार रुपैयाँ कमाएको छ ।

गत वर्षको असोज मसान्तमा नोक्सानीमा रहेका तीन कम्पनीहरुले भने यस वर्षको सोही अवधिमा उल्लेखीय नाफा गरेका छन् । उक्त अवधिमा सबैभन्दा बढी नाफा बेष्ट फाइनान्स कम्पनीको रहेको छ । गत वर्षको असोज मसान्तमा ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १२ करोड ११ लाख ६० हजार रुपैयाँ नाफा गरेको छ ।

यस्तै, गत वर्षको पहिलो त्रैमासमा २ करोड ३६ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा रहेको प्रोग्रेसिभ फाइनान्सले पनि यस वर्षको सोही अवधिमा भने नाफा छलाङ मारेको छ । उक्त अवधिमा कम्पनीले ३ करोड ३६ लाख ७४ हजार रुपैयाँ नाफा गरेको छ ।

त्यसैगरि गत वर्ष ६३ लाख ६९ हजार रुपैयाँ ऋणात्मक रहेको नेपाल फाइनान्सले पनि नाफा उल्लेखीय सुधार गरेको छ । कम्पनीको चालु आवको असोज मसान्तसम्ममा ३५ लाख २४ हजार रुपैयाँ नाफा गरेको हो ।

उक्त अवधिमा आईसीएफसी फाइनान्सले ४ करोड ७६ लाख ५३ हजार, मञ्जुश्री फाइनान्स २ करोड ८६ लाख ९३ हजार, गोर्खाज फाइनान्सले १ करोड ६५ लाख ७० हजार, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले १ करोड ५७ लाख ४७ हजार रुपैयाँ नाफा गरेका छन् । यी कम्पनीहरुको नाफा गत वर्षको असोज मसान्तको तुलनामा भने घटेको छ ।

गत वर्षको तुलनमा नाफा घटेपनि समृद्धि फाइनान्स २६ लाख ५२ हजार र पोखारा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ नाफा गरेका छन् ।

कुनको नाफा कति ?

वि.सं.२०७८ कात्तिक २४ बुधवार १६:१५ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...