back
NMB ad

आन्तरिक पर्यटकको एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ढोरपाटन

Kumari bank ad

बागलुङ । चारैतिर अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लो बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । यो दृश्य हो ढोरपाटन सिकार आरक्ष केन्द्रको । यहाँ पुग्ने जो कोही पनि यहाँको प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन ।

बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन सिकार आरक्ष केही समययता आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । ढोरपाटन सिकार आरक्ष पुग्न बागलुङ बजारदेखि बूर्तिवाङसम्मको करिब ९० किलोमिटर सडक (मध्यपहाडी लोकमार्ग) यात्रा गर्नु पर्छ । बूर्तिवाङ बजारदेखि करिब ३० किलो मिटर कच्ची सडक पारे गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ ।

ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख विरेन्द्रप्रसाद कँडेलका अनुसार यात्रामा जति नै दुस्ख भए पनि गन्तव्यमा पुगेपछि सबै भुलिन्छ । सदरमुकाम तथा जिल्ला धेरै ग्रामीण भेगबाट विस्थापित भएका घोडाहरू चरिरहेको देख्दा आहा ! नभन्ने कोही हुँदैनन् । ढोरपाटन घुम्न आउने अधिकांश पर्यटकहरू एक पटक मात्रै भए पनि घोडा सवार गर्न खोज्ने स्थानीय दिवस विकले बताए ।

फराकिलो ढोरपाटन उपत्यकमा घोडा दौडाएर भिडियो, टिकटक बनाउने, फोटो लिने पर्यटक धेरै हुन्छन् । एक पटक घोडा चढेको एक सयदेखि समयअनुसार दुई, तीन सय रुपैयाँ लिने गरेको विकले बताए । छिटफुट रुपमा सिकार गर्ने पर्यटकहरु पुग्ने ढोरपाटनमा पछिल्ला केही बर्षयता प्रकृतिप्रेमी पर्यटक पुग्न थालेको स्थानीय मिना पुनले बताए ।

गोठालाहरू भैंसी, गाई, गोरु, भेँडा, बाख्रा लिएर बेसी झरेपछि सुनसान जस्तै हुने ढोरपाटन क्षेत्र अहिले पर्यटकले खचाखच भएको छ । ‘पहिले पहिले हिउँदमा बस्ती सुनसान हुन्थ्यो,’ पुनले भनिन् ‘पर्यटक आउन थालेपछि अहिले बर्षभरी नै चहलपहल हुन्छ ।’ आन्तरिक पर्यटक बास बस्ने गरी जान थालेपछि ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटल खुलेका छन् ।

दसैंतिहार बिदाको समयमा धेरै आन्तरिक पर्यटक ढोरपाटन पुगेका थिए । सिकार आरक्ष कार्यालयले सो क्षेत्रमा प्रवेश गर्ने सवारीको लागत राख्ने गरेको छ । नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुटै प्रवेश शुल्कको तोकिएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...