back
NMB ad

चेक लाखौंका, खातामा शून्य, वर्षमा १ अर्बका चेक बाउन्स

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन।

त्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन्। विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन्। श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए। गोविन्द सुनुवारले घनश्याम कँडेलका नाममा काटेको एसबीआई बैंकको १ लाखको चेक साटिएन।

चेक दिएर ठगी गर्ने थापा, लामा, शाही र सुनुवार प्रतिनिधि पात्र मात्रै हुन्। बैंक खातामा पैसा नभएपनि चेक जारी गर्ने तर भुक्तानी लिन जाँदा रकम शून्य हुने प्रर्वत्तिले यस्ता किसिमका उजुरी बारम्बार आउने गरेको प्रहरी अधिकारी बताउँछन्। महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठौर चेक बाउन्ससम्बन्धी पीडितका उजुरी र गुनासो दैनिकजसो आउने गरेको सुनाउँछन्।

‘खातामा पैसा नभएपनि लाखौंको चेक उपलब्ध गराउनु ठगी गर्ने नियत हो,’डीएसपी राठौर भन्छन्,‘यस्ता किसिमका ठगी बारम्बार हुने गरेको अनुसन्धानले देखाउँछ।’

चेक ठगीमा सबैभन्दा बढ घरजग्गा कारोबार, हाउजिङ, वैदेशिक रोजगार, होटल, रेस्टुराँ, उद्योग, शैक्षिक परामर्श केन्द्र लगायत क्षेत्रमा आबद्ध व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानले देखाउँछ। देशभर एक वर्षमा १ अर्ब हाराहारीका चेक बाउन्स हुने गरेको अनुमान छ। कारोबार दैनिकमा खबर छ।

प्रकाशितः २०७३ असार १४

वि.सं.२०७३ असार १४ मंगलवार १०:३३ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...