back
NMB ad

यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन्

Kumari bank ad

एजेन्सी । दुई वर्षका हयाओयाङ अब केही समय मात्र यस धर्तीमा रहनेछन् । दुर्लभ वंशानुगत समस्याबाट पीडित उनको चीनमा उपचार सम्भव छैन् । सीमा प्रतिबन्धका कारण उनलाई अर्को देशमा उपचारका लागि लैजान पनि सम्भव छैन् ।

हयाओयाङका पीडित बाबु सीउ वि भने बालकलाई उपचार गर्न घरमै एउटा प्रयोगशाला खडा गरेका छन् । ‘लामो सोचपछि घरमै प्रयोगशाला बनाउने निधो गरे’, दक्षिण पश्चिम कुनमिङका उनी भन्छन् ।

हयाओयाङ मेनकेस सिन्ड्रोमबाट पीडित छन् । यो वंशानुगत समस्याले व्यक्तिको दिमाग र स्नायु प्रणालीको विकासमा असर गर्छ । चिकित्सकहरुका अनुसार यो समस्याबाट पीडित व्यक्ति बढीमा तीन वर्षसम्म बाँच्छन् ।

केवल माध्यामिक तहको अध्ययन गरेका सीउ छोरालाई जसरी पनि पनि बचाउने धुनमा छन् । ‘उ नबोले पनि उसको आत्म छ,’ काखमा बच्चालाई मह पानी खुवाउदै उनी भन्छन् ।

उनको उपचार सम्भव छैन भनेपछि आफै घरेलु औषधी अनुसन्धानमा तल्लिन छन् । सीउको असम्भव प्रयासको स्वयंम उनका अभिभावकलाई पत्यार लागेको छैन् । ‘मेरा अभिभावक र परिवार मेरो कदमको विरोध गर्नुहुन्छ । ’, उनी भन्छन् ।

अनलाईनमा अध्ययन अनुसन्धान गर्न उनलाई सजिलो छैन् । तर उनले अनुबाद गर्ने सफ्टवेयर प्रयोग गरेर अनुसन्धान गरिरहेका छन् । बाबुको जिम हलमा उनले एउटा ल्याब खडा गरेका छन् ।

सीउले अहिले आफै घरमा बनाएको औषधी दिन्छन् । उनले ल्याबमा बनाएको औषधीले बालकको शरीरको तामाको अभाव पूर्ति गरिदिएको छ । आफूले गरेको उपचारपछि बालकको रगत सामान्य बन्दै गएको उनको दाबी छ ।

बालक बोल्न सक्दैनन् । तर बाबुले उनको टाउकोमा हात लगेपछि मुस्कान दिन्छन् । उनकी पत्नी उनीभन्दा टाढा सहरमा छोरीलाई हेरेर बसेकी छिन् ।

मेनकेस सिन्ड्रोम प्रायः बालबालिकामा देखिन्छ । विश्वमा हरेक १ लाख जनामध्ये एक जनामा यो समस्या देखिन्छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १४:२१ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...