back
NMB ad

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले । बैध रूपमा अबैध काम भइरहेको भन्दै उनले भन्सारमा कडाइ गरिएको बताए ।

उनले भने, बैध रूपमा अबैध काम भइरहेको छ, मोबाइल पनि अबैध रूपमा भित्रिइरहेकोप्रति सङ्केत गर्दै मन्त्री शर्माले भने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए ।

यस्तैगरी उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाए ।

त्यस्तै नेपालमा ठूलो मात्रामा सुन भित्रिएको बताए । त्यस्तै एक अर्को कार्यक्रममा उनले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताए। बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गगर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए । उनले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउदै विकासका लागि विशेष कानुनको आवश्यकता औँल्याए ।

‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्ने लगायतका कुरा छन्’, उनले भने,‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’
उनले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उहाँले जानकारी दिए । ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, मन्त्री शर्माले भने, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ ।’

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८ मा प्रकाशित

You can share this post!

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...