back
NMB ad

दुई बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ७९.२३ अंकले घटेको छ ।

३.३६ प्रतिशतले बजार घटेको उक्त दिन ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । आज बैंकको १८ करोड ३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

बैंकको आज १ लाख ३० हजार ६९५ कित्ता सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य भने प्रतिकित्ता १ हजार ३६६ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारकै आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा रहेको छ ।

आज कम्पनीको १३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेप्सेका अनुसार आज कम्पनीको ४ लाख १२ हजार ४ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन हिमालयन डिस्टीलरीको १२ करोड ८ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कम्पनीको २२ हजार ७२७ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने ५ हजार २३९ रुपैयाँ रहेको छ ।

त्यसैगरि मञ्जुश्री फाइनान्सको १० करोड ९२ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको आज १ लाख ८ हजार ७७२ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने ९९४ रुपैयाँ कायम भएको छ ।

उक्त दिन महालक्ष्मी विकास बैंकको पनि १० करोड १३ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकको १ लाख ९५ हजार ८६ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ५१७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १५:४० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...