back
NMB ad

नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७८\०७९ को चार महिनामा नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि भएको छ । कात्तिकसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

निर्यात वृद्धि भएको भन्दै अर्थमन्त्री जनादर्न शर्माले आफ्नो प्रगति विवरण सुनाए पनि मुख्य निर्यातित सामान भने अन्य देशकै उत्पादन हुन् । कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गरेर निर्यात हुँदै आएको छ । जसकारण नेपालको निर्यात वृद्धि भए पनि त्यसले देशको अर्थतन्त्रको स्थिति सुधारमा भने कुनै योगदान देखिँदैन । यसलाई नेपाल आयात निर्यातको तथ्यांकले पुष्टि गर्छ ।

तथ्यांकअनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने मुख्य सामानमा भटमास र पाम तेल छन् । तर, यी दुवै उत्पादनका लागि विदेशबाट निर्यात भएको मूल्य बराबरकै कच्चा पदार्थ आयात हुँदै आएको छ ।

नेपालको आयात निर्यात व्यापारको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ र सवारीसाधनपछि उच्च आयातको सूचीमा भटमासको र पाम तेलका लागि आवश्यक कच्चा पदार्थ छन् ।

कात्तिकसम्ममा नेपालले २६ अर्व ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ । सोही अवधिमा भटमासको तेल उत्पादका लागि आवश्यक कच्चा पदार्थ २७ अर्व २३ करोडको आयात भएको छ । भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ ।

यस्तै अवस्था छ पाम तेलको पनि । कात्तिकसम्ममा नेपालले १७ अर्व ६६ करोडको कच्चा पदार्थ आयात गरेर १९ अर्व २३ करोडको पाम तेल निर्यात गरेको छ । व्यवसायीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायतका देशबाट ल्याएरे भारतमा पाम तेल निर्यात गर्दै आएका छन् ।

भटमान र पाम तेलबाहेक नेपालबाट निर्यातको मुख्य सूचीमा रहेका अन्य वस्तुहरूको अवस्था पनि उस्तै उस्तै छ । गार्मेन्ट, पस्मिना, ऊनी कपडा, कार्पेट, जुसलगायतका सामान उत्पादनका लागि ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ ।

आफ्नै सामानको निर्यात भने कमजोर

नेपालको आफ्नै सामानको निर्यात भने कमजोर बन्दै गएको छ । कुनै समय नेपालबाट निर्यात हुने सामानको सूचीको एक नम्बरमा रहेको अलैचीको निर्यात घट्दै गएको छ । यसैगरी कृषिजन्य उत्पादन, आयुर्वेदिक जडिबुटी तथा औषधिलगायतका तुलनात्मक लाभका सामानको निर्यात भने कमजोर बन्दै गएको छ ।

सीमित व्यापारीलाई मात्र लाभ : विज्ञ

सरकारी अधिकारीहरूले निर्यात बढेको भन्दै प्रगति देखाइरहँदा विज्ञहरूले पनि निर्यातले व्यापार घाटा बढाएको बताएका छन् । ‘मुख्य निर्यात गर्ने सामानहरू नै अन्य देशबाट कच्चा पदार्थ ल्याएर उत्पान भइरहेको छ’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यसले सीमित व्यापारीलाई लाभ पुगेको होला, देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकेको छैन ।’ देशको व्यापारघाटा कम गर्न आयातित कच्चा पदार्थमा आधारित उद्योगभन्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

 

वि.सं.२०७८ पुस ४ आइतवार १३:४२ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...