सुर्खेत । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो ।
सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला भएको हो ।
मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाको डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’ उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।
वि.सं.२०७८ पुस ४ आइतवार १५:२५ मा प्रकाशित