back
NMB ad

बागलुङको विकट गाउँमा उच्चगतिको फोरजी इन्टरनेट

Kumari bank ad

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका-४ जलजला र वडा-८ रणसिंहकिटेनीका बासिन्दा १० वर्षदेखि मोबाइल सेवा उपभोग गर्दै आइरहेका छन् । मोबाइल फोन चलाउन थालेको एक दशकपछि उनीहरूले बल्ल उच्चगतिको इन्टरनेट सेवा (फोर जी) चलाउने अवसर पाएका छन् ।

नेपाल टेलिकमले दुई वडाको संगमस्थल बेतथलाको धुरीमा २५ मिटर अग्लो टावर निर्माण गरेपछि फोर जी सेवा सुरू भएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । रणसिंहकिटेनी जिल्ला सदरमुकामदेखि २८ कोष टाढा पर्छ । नेपाल टेलिकमका सेवाग्राहीलाई उच्चगतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न चौथो पुस्ताको ४जी सेवा सुरू भएको कार्यालय प्रमुख शर्माले बताए ।

यसअघि सो स्थानमा १८ मिटरको पोल टावरबाट २जी र ३जी सेवा सञ्चालन गरिएको थियो । उक्त धुरी समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा छ । उक्त टावरबाट बडिगाड(४ जलजला, वडा-७ भिमगिठे, वडा-८ रणसिंह किटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाको अधिकांश भु-भागमा उच्च गतिको इन्टरनेट चल्नेछ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार भएपछि अनलाइन काम गर्न सजिलो भएको वडा-८ का वडाअध्यक्ष यमबहादुर श्रीष थापाले बताए । स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राइभेट इन्टरनेट सेवा त छ तर आउने जाने गर्दा समस्या थियो,’ उनले भने ‘अब समस्या हुँदैन भन्ने लाग्छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...