back
NMB ad

पार्टी कमिटीहरुको आर्थिक हरहिसाब चुस्त हुन नसकेकोप्रति आयोगको गम्भिर ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । नेकपा एमाले केन्द्रीय लेखा आयोगले विगतलामो समयदेखिको पार्टी कमिटीहरुको आर्थिक हरहिसाबको लेखा चुस्त दुरुस्त हुन नसकेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पुष ४ र ५ गते काठमाडौंमा सम्पन्न नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा आयोगले २०७८ चैत्र महिना भित्रमा जिल्ला कमिटी र सोभन्दा माथिका सबै पार्टी कमिटी तथा जनसंगठनहरुको आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आयोगले सो का लागि आवश्यक तयारी गर्न सबै पार्टी कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।

पुष ४ र ५ गते काठमाडौंमा सम्पन्न नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठकले आगामी फागुन महिना भित्रमा सातवटै प्रदेश र केन्द्रमा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, जनसंगठनहरुको आर्थिक क्रियाकलापको अनुगमन गर्ने, केन्द्रीय कोषको लेखापरीक्षणका लागि के.खरेल एण्ड कम्पनीलाई लेखा परीक्षक नियुक्त गर्ने, पार्टीको अचल सम्पत्तिको अभिलेख तयार गर्ने गर्ने, आयोगको कार्यालय व्यवस्थित गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले ११ सदसिय सचिवालयको गठन गर्दै कार्यविभाजन समेत गरेको छ । अध्यक्ष र उपाध्यक्षलाई केन्द्रीय कोष, प्रवास कमिटी र आयोगको समग्र काम, सचिबलाई गण्डकी प्रदेश र जनसंगठन, सदस्य खम्ब खत्रीलाई सम्पर्क समन्वय, सदस्य धनेन्द्र घिमिरेलाई लुम्बिनी प्रदेश, सदस्य इश्वरी खरेललाई सुदुर पश्चिम प्रदेश, सदस्य मिनराज कंडेललाई वागमती प्रदेश, सदस्य मस्त बहादुर गरन्जालाई प्रदेश २, सदस्य मालती सुब्बालाई प्रदेश १, सदस्य कोमल भट्टराईलाई विशेष प्रदेश, सदस्य शंकर बहादुर कार्कीलाई कर्णाली प्रदेशको संयोजकको जिम्मा दिँदै अन्य सबै सदस्यहरुलाई कार्य विभाजन गरेको हो ।
बैठक पार्टी उपाध्यक्ष बिष्णु पौडेलको प्रमुख आतिथ्यता र आयोगका अध्यक्ष डा.पुष्प कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा सपथ ग्रहण गर्न बाँकी पदाधिकारी र सदस्यहरुलाई आयोगका अध्यक्षबाट सपथ ग्रहण गराइनुका साथै केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिजय शुब्बाबाट प्रमाण पत्र वितरण गरिएको थियो । बैठकमा पार्टीका उप महासचिव एवं केन्द्रीय आर्थिक तथा लेखा व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालसँग अन्तरक्रिया समेत गरिएको थियो ।
बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको संक्षिप्त समिक्षा गर्नुका साथै पार्टीको केन्द्रीय कमिटी एवं केन्द्रीय निकायहरुमा निर्वाचितहरुलाई बधाई ज्ञापन गरेको छ । बैठकका प्रमुख अतिथि पार्टी उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणमा आर्थिक अनुशासनको ठूलो महत्व रहेको, लेखा आयोग पार्टीको बैधानिक निकायको रुपमा रहेको र यसले स्वतन्त्र रुपमा पार्टीको आर्थिक कारोवारको नियमन गर्ने हुँदा पार्टीमा वित्तीय अनुशासन कायम गर्दै आर्थिक पारदर्शिता कायम गराउनमा आयोगको ठूलो भूमिका रहेको बताउनु भयो । लेखा आयोगका काममा पार्टी केन्द्रीय कमिटीले सधै सहयोग र समन्वय गर्ने कुरा जानकारी राउँदै आयोगको कार्यक्षेत्र जिल्ला कमिटी र सोभन्दा माथिका कमिटीहरुको लेखा अनुगमन तथा परीक्षण गर्ने भएपनि सो भन्दा मातहतका पार्टी कमिटीहरुको लेखा व्यवस्थापनका विषयमा समेत आयोगको ध्यान जानु आवश्यक रहेको तथ्यमाथि प्रकाश पार्नुभएको थियो ।
बैठकमा आयोगका अध्यक्ष डा. कंडेलले आयोगका काम, कर्तव्य र अधिकारबारे पदाधिकारी र सदस्यहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो भने सचिब कमरेड शिब अधिकारीबाट आयोगको हालसम्मको कामको अवस्था र तत्कालिन कार्यभारबारे अभिमुखिकरण गरिएको थियो ।
बैठकले आयोगका निवर्तमान उपाध्यक्ष विष्णु बहादुर राउत र सदस्यहरु बिष्णुमायाँ बिश्वकर्मा र ढाकाराम अर्याललाई उहाँहरुले आयोगको काममा विगतमा पुर्याउनुभएको योगदानको उच्च सम्मान र कदर सहित बिदाई गरेको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १७:५० मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...