back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात शनिबार विभिन्न तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन तीन लघुवित्त कम्पनीले सभा गर्दैछन् ।

शनिबार नेरुडे लघुवित्त, घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले भोलि अर्थात पुस १० गते १५औं साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

सभामा २१.४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुक क्लोज गरेको छ ।

जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

यस्तै, घोडीघोडा लघुवित्तले पनि भोलि छैठौं वार्षिक साधारण सभा गर्दैछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले पनि भोलि वार्षिक साधारण सभा गर्दैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ६ करोड ६० लाखको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १६:२३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...