back
NMB ad

अर्थतन्त्र चुनौतीपूर्ण मोडमा, ‘नीतिगत हस्तक्षेप’ जरुरी

Kumari bank ad

शर्मिला ठकुरी

काठमाडौ । नेपाल राष्ट्र बैंकले गत बुधबार पत्रकारहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका सम्पुर्ण विभागीय प्रमुखहरु उपस्थिति थिए । अनौपचारिक गफमा एक विभागीय प्रमूखले भने,‘देशको अर्थतन्त्र भिरमा पुगेको अवस्था छ। राष्ट्र बैंकले आफ्नो ठाउँबाट सक्दो प्रयास गरेका छौ तर नीतिगत रुपमा सपोर्ट गर्न त सवैले लाग्नुपर्यो नी ?‘

उनको यो भनाई अर्थमन्त्रालयलतिर लक्षित थियो । राष्ट्र बैंकले आयोजना गरेको सो कार्यक्रम पनि अर्थमन्त्री जनार्दन शर्माको फेस सेभका लागि मात्र थियो भन्ने बुझ्न पत्रकारहरुलाई कठिन भएको थिएन । कार्यपत्रमा राखिएका सवैजसो डाटाहरु प्रकाशित भइसकेका थिए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीदेखि विभागीय प्रमुखहरुले अर्थतन्त्रका सुचकहरु खरावै भइसकेको छेन भन्ने देखाउन कुनै कसर बाँकी राखेनन् ।

उनीहरुले पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको निरासाजनक अवस्था कोरोनाका कारण समस्यामा भएको अर्थतन्त्र रिकभरी हुदा देखिएको समस्या मात्र भएको दावी गरिरहेका थिए । उनीहरुको सो दावीलाई विभिन्न आर्थिक सुचकहरुले भने नकारी रहेका छन् ।

भन्सार विभागले विहिबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिनाको आयात निर्यातको तथ्यांक नै हेर्ने हो भने पनि देशको अर्थतन्त्रले ओरालोको बाटो समातेको स्पष्ट देखिन्छ ।

भन्सार विभागको चालु आर्थिक बर्षको पाँच महिनाको तथ्यांक अनुसार आयात ५९.५५ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब ४० करोड पुगेको छ । तर यही अवधिमा निर्यात भने जम्मा १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सो अवधिमा नेपालको व्यापारघाटा ७ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो पाँच बर्षमा नेपालमा हुने आयातमा ८५.४२ प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०७४/७५को पाँच महिनामा जम्मा ४ खर्ब ५२ अर्ब १४ करोड रुपैयाँ बराबरको आयात भएको थियो । भने ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ । पाँच बर्षपछि चालु आर्थिक बर्षको सोही अवधिमा आयात झन्डै दोव्वरले बढेर ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात २०२ प्रतिशतले बढेर १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक बर्ष २०७४÷७५ मा नेपाली रुपैयाँ डलरको तुलनामा केही बलियो थियो । आर्थिक बर्ष २०७४÷७५ मा एक डलर बराबर १०७ रुपैयाँ हाराहारी नेपाली रुपैयाँ थियो तर पाँच बर्षपछि मंसिरमा डलरको भाउ महंगिएर १२० हाराहारीमा पुगेको छ । डलरको भाउमा भएको बृद्धिका कारण पनि आयातको भोलुम र निर्यात बढेको देखिएको छ ।

तर पछिल्लो समयमा देखिएको ठूलो व्यापारघाटा डलर बृद्धि मात्र नभएर विलासीताका सामानमा आएको बृद्धिका कारण पनि भएको अर्थविद्हरुको दावी रहेको छ । व्यापारघाटा बढ्दै जादा देशको बाह्य क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।

व्यापारघाटा बढ्दा चालु खाता र शोधनान्तरमा थप दवाव

व्यापारघाटा बढ्नु भनेको चालु खाता र शोधनान्तरमा थप दवाव पर्नु हो । चालु आर्थिक बर्षको चार महिनालाई आँकलन गर्दा देशको शोधनान्तर र चालु खाता क्रमशः औषत ५२ अर्ब ५५ करोड र ५५ अर्ब ७९ करोड रुपैयाँ बराबरले कमी आइरहेको देखिन्छ । व्यापारघाटामा आएको बृद्धिले मंसिरमा चालुखाता र शोधनान्त घाटा थप बढ्ने देखिन्छ ।

विदेशी मुद्रासन्चितिमा कमी

आयातमा आएको बृद्धिसँगै बढेको व्यापारघाटाले विदशी मुद्रा सञ्चितिमा कमी आउने पक्का छ । चालु आर्थिक बर्षको पहिलो चार महिनालाई आधार मानेर औषत निकाल्दा मासिक औषत ५५ अर्ब ५१ करोड रुपैयाँको हाराहारीमा विदेशी मुद्रा सञ्चिति घटीरहेको छ । मंसिर महिनामा पनि सोही अनुरुप रकम घट्ने सम्भावना रहेको छ । कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सन्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा निर्भर निर्यात प्रणाली

नेपालबाट निर्यात हुने अधिकांश बस्तुहरु विदेशबाट नेपालमा आयात गरेर रिफाइन गरी विदेशी निर्यात गरिने गरेको छ । नेपालमा चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्ब ५५ करोड ८ लाख रुपैयाँ बराबरको भटमासको तेल (प्रशोधित) निर्यात भएको छ । तर सो अवधिमा ३३ अर्ब ६६ करोड ५५ लाख बराबरको सोही तेल (अप्रशोधित) आयात भएको देखिएको छ ।

त्यस्तै नेपालबाट निर्यात हुने दोस्रोमा पाम तेल (प्रशोधित)रहेको छ । सो तेल चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा २७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सोही अवधिमा पामतेल (अप्रशोधित) २४ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ आयात भएको छ । माथिका दुई उदाहरणबाट नै स्पष्ट हुन्छ की नेपालको निर्यात आयातमा निर्भर रहेको छ । अर्थविद् डा.चन्द्रमणी अधिकारी यस्तो निर्यातलाई नक्कली निर्यात भन्न रुचाउँछन् । उनी भन्छन्, ‘नक्कली निर्यातले देशको भलो हुदैन ।’

अर्थतन्त्र चुनौतिपुर्ण मोडमा छ, भुक्तानी सन्तुलनका लागि आइएमएफ् गुहार्ने बेला भयो
डा.चन्द्रमणी अधिकारी
वरिष्ठ अर्थविद्

अर्थतन्त्र सकारात्मक रुपमा उकालो लाग्छ भन्ने आशाका किरणहरु देखिएको छैन । ‘अहिले अर्थतन्त्र ढलिसक्या अवस्था भने होइन तर चुनौतिपुर्ण मोडमा अवस्था छ । ’आयात निरुत्साहनका लागि राष्ट्र बैंकले गरेको व्यवस्थाले मुल्यबृद्धि आकाशिने सम्भावना रहेको छ, त्यस्तै सो व्यवस्थाले चोरी पैठारी बढ्ने अत्यधिक सम्भावना रहेको छ । त्यस्तै भुक्तानी सन्तुलनमा परेको चापका कारण नेपालले डलरका लागि आइएमएफ्लाई गुहार्नुपर्ने बेला आएको  छ ।

वरिष्ठ अर्थविद् डा.चन्द्रमणी अधिकारीका अनुसार हाल देशको अर्थतन्त्र चुनौतिपुर्ण मोडमा रहेको छ । राष्ट्र बैंक र अर्थमन्त्रालयले पुनरुत्थानका कारण अर्थतन्त्रका सुचकहरु नकारात्मक देखिएको दावी गरेपनि त्यो थोरै सत्य हो । उनले बैंकहरुबाट गएको कर्जा धेरैजसो व्यापारमा गएको जानकारी दिए । राष्ट्र बैंकले जारी गरेको एक तथ्यांक अनुसार नेपालमा आयात हुने सामानमध्ये ११.१ प्रतिशतमात्र पुँजी निर्माणका लागि हुने गरेको छ । यसबाट नै बैंकहरुको कर्जा आयातका लागि गइरहेको स्पष्ट हुन्छ ।

त्यस्तै उनले अर्थतन्त्र सकारात्मक रुपमा उकालो लाग्छ भन्ने आशाका किरणहरु पनि नदेखिएको दावी गर्दै उनले भने, ‘अहिले अर्थतन्त्र ढलिसक्या अवस्था भने होइन तर चुनौतिपुर्ण मोडमा भने छ ।’

‘चालु आर्थिक बर्षमा विदेशी लगानी तथा अनुदान भित्रिएको छैन । बैदेशिक लगानी र अनुदानबाट ठूलो मात्रामा विदेशी मुद्रा भित्रने थियो । त्यस्तै निर्यातको नक्कली बृद्धि भइरहेको छ,अर्थात् आयातमा आधारित निर्यात बृद्धि भइरहेको छ । यसले अर्थतन्त्रका खराव सुचकहरु स्पष्ट देखाउछ ।’ उनले भने ।

उनका अनुसार आयात निरुत्साहनका लागि राष्ट्र बैंकले गरेको व्यवस्थाले मुल्यबृद्धि आकाशिने सम्भावना रहेको छ, त्यस्तै सो व्यवस्थाले चोरी पैठारी बढ्ने अत्यधिक सम्भावना रहेको छ ।
त्यस्तै भुक्तानी सन्तुलनमा परेको चापका कारण नेपालले डलरका लागि आइएमएफ्लाई गुहार्नुपर्ने बेला आएको उनको दावी रहेको छ ।

‘नेपालको अर्थतन्त्र समस्यामा नभएको भए,राष्ट्र बैंकले दिनानुदिन विभिन्न मौद्रिक उपकरणहरु किन प्रयोगमा ल्याइरहन्थ्यो ? राष्ट्र बैंक पनि अर्थतन्त्रको घट्दो क्रमप्रति आत्तिसकेको छ ।’ उनले भने । अर्थतन्त्रलाई उकास्नका लागि बृहत छलफल हुनु गरी नीतिगत हस्तक्षेप जरुरी रहेको डा.अधिकारीको भनाई छ ।

… र यो पनि

वित्तिय क्षेत्रमा खतराको घन्टी, के गर्दैछ राष्ट्र बैंक ?

अर्थतन्त्र खतरामा, राष्ट्र बैंकको डलर सन्चितिको लक्ष्य नै न्युन

घट्दो डलर सञ्चितिलाई रोक्न डा.मीनबहादुरका तीन विकल्प

डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

वि.सं.२०७८ पुस ९ शुक्रवार १६:५१ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...