back
NMB ad

प्योर ईभीको नयाँ वर्ष विशेष अफर: इलेक्ट्रिक स्कुटर खरिदमा छुट, अन्य के-के छन् सुविधा ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ वर्ष २०२२ को अवसरमा ‘न्यु इयर अफर २०२२’ ल्याएको छ ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ल्याएको उक्त अफर अन्तर्गत प्योर ईभीका प्रत्येक स्कुटर खरिद गर्दा स्योर सट ८ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

त्यसैगरी स्योर सट गिफ्ट अन्तर्गत ३ हजार ५ सय रुपैयाँ मूल्य पर्ने प्योर ईभी हुडी वा स्वेटर उपलब्ध हुनेछ । अन्त्यमा एक जना लक्की विनरले पोखराको वाटरफ्रन्ट रिसोर्टमा २ रात र ३ दिन बस्न मिल्ने गरी दुई जनालाई काठमाडौं–पोखराको दुईतर्फी एयर टिकट सहितको सुविधा प्राप्त गर्नेछन् ।

नेपाली बजारमा हाल प्योर ईभीका ईट्रान्स ७जी र ईट्रान्स नियो मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । यी इलेक्ट्रिक स्कुटरको मूल्य क्रमशः २ लाख ६० हजार र २ लाख ४९ हजार रुपैयाँ छ ।

ईट्रान्स नियो इलेक्ट्रिक स्कुटरमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

ईप्लुटो ७जीमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । यसले पनि सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १७:१० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...